10 years ago
September 13, 2015
पोखरा, २६ भदौ
१७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनले आगामी दुई वर्षको लागि वीरभन्द्र आचार्य को अध्यक्षतामा १५ सदस्य नयाा कार्यसमिति चयन गरेको छ समितीको वरिष्ठ उपाध्यक्षका केशवहादुर थापा, उपाध्यक्षमा हरु मा हरिराम गुरुङ्ग ( सुरज), चित्रबहादुर पुन,मनकाजी क्षेत्री महासचीबमा केशब बराल,सचिबमा सुरेन्द्रबहादुर श्रेष्ठ, कोषाध्यक्षमा विश्वराज बराल, सह कोषाध्यक्षमा लिलबहादुर थापा ( सजय) सदस्यहरु मा विनु राना,रोजीना गुरुङ्ग,देवी रिमाल, नवराज अधिकारी, रबिन श्रेष्ठ,सोम जोसी रहेका छन । अध्यक्ष आचार्यको यो दोस्रो कार्यकाल हो ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र क्लवका अध्यक्ष विरभद्र आचार्यले ताम्रपत्र सहित दोसला, फुलमालाले सम्मान गरेका हुन । उक्त पुरस्कारको राषि ११ हजार १ सय ११ रुपैया रहेको छ । त्यस्तै सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७२ बाट क्लबका सदस्य रेश्मा कार्कीलाई सम्मान भएकी छन । कार्यक्रममा नयाा जुनियर एवं सिनियर सदस्य परिचय पत्र, आजिवन सदस्य प्रमाण पत्र एवं सहारा क्लब पोखराको प्रगति र उन्नतिमा महत्वपुर्ण योगदन पुर्याउनु भएका सल्लाहकार प्रकाश शेरचनलाई मानार्थ सदस्यताको प्रमाण समेत वितरण गरिएको महासचिव केशब बहादुर थापाले गरेका थिए ।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा राज्यमा रहेको बर्गीय असमानतालाई तोड्न मनकारी तथा समाजसेविको आवश्यकता भएको बताउदै सहाराले खेलकुदसंगै सामाजिक क्षेत्रमा पुराएको योगदानको खुलेर प्रंशम्सा गरे । सहारा एकेडेमीको दुई खोलाको कटानबाट जोखिममा रहेकोले त्यसको संरक्षणको लागि आफ्नो व्यत्तिगत तथा संस्थागत रुपमा पहल गर्ने उनले वचन दिएका छन । निजि क्षेत्रबाट खेलकुदको लागि भएको प्रायासलाई सहज बनाउन सरकारले छुट्ट निति ल्याउने समेत तयारी भएको सचिव शर्माले बताए । उनले भने “सहारा क्लवको नाम त धेरै सुनेकै थियौं, धेरे राम्रो काम गर्नू भएको छ, यसमा वालीकाहरुलाई पनि एकेडेमीमा राख्ने व्याबस्था मिलाउने तयारी गर्नुहोला हामीले सक्दो सहयोग गर्ने छौं ।” हिमश्री फुड्स प्रालिका कार्यकारी निर्देशक सुर्य बहादुर केसीले सहाराले गरेको हरेक गतिविधिमा आफ्नो दिलो ज्यानले भ्याएसम्म सहयोग र साथ दिने वचन दिएका छन ।
क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङ, पोखरा उद्योग बाणिज्य संघका कार्रवाहक अध्यक्ष प्रकाशदेव पालिखे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, सहारा खेलकुद पत्रकारीता पुरस्कार छनौट समितिका संयोजक नारायण कार्की लगायतले खेलकुदको बारेमा चर्चा गरेका थिए ।
सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७२ बाट कृष्णमणी बराल सम्मानित भएका छन । अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकका फोटो पत्रकार बरालको अनुपस्थितीमा उनकी आमा नारायणी बराललाई क्लवले आफ्नो १७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनको अवसरमा शनिबार सम्मान गरेको हो । बराल उपचारको लागि भारतको हैदरावाद गएका कारण उनको सम्मान आमाले ग्रहण गरेकी हुन ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]