9 years ago
November 11, 2016
काठमाडौं
रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा ताहाचल फुटसल र ह्वाइट हर्स फुटसलले जित हासिल गरेका छन् ।
ताहाचल फुटसले हाइवे फुटसललाई ९–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । समूह बीको शीर्ष स्थानमा उक्लिएको ताहाचललाई जिताउन म्यान अफ द म्याच रामकुमार कुमालले ५ गोल गरे भने राज शाहीले २, अनिल तामाङ र सुजित बुढाथोकीले १-१ गोल गरे । पराजित हाइवेका लागि रमेश तामाङ र जंबु शेर्पाले १-१ गोल गरे ।
त्यसैगरी शुक्रबार नै भएको अर्को खेलमा ह्वाइट हर्स फुटसलले आदर्श फुटसललाई ३–२ गोल अन्तरले पराजित ग¥यो । ह्वाइट हर्सको जितमा प्रनेश गोर्खाली र मञ्जिल महर्जनले १-१ गोल गरे भने अर्को एक गोल आदर्शका डेनियल श्रेष्ठबाट आत्मघाती रुपमा उपहार पायो ।
समूह बीको पुछारमा रहेको आदर्शका लागि राजु बुढाथोकी र दिलिप तामाङले १-१ गोल गरे पनि आफ्नो टोलीलाई विजयी बनाउन सकेनन् ।
समूह एमा ५ खेलेको किकअफ फुटसलले लिगमा अपराजित हुँदै १५ अंक जोडेर शीर्ष स्थान कब्जा गरेको छ भने बानेश्वर फुटसल रिक्रियसन सेन्टरले ६ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ भने ह्वाइट हर्स पनि १० अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी समूह बीमा ६ खेलबाट १३ अंक जोडेको ताहाचल शीर्ष स्थानमा रहँदा समान ११ अंक जोडेको कुमारी र हरिसिद्धि फुटसल दोस्रो र तेस्रो स्थानमा छन् ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]