4 years ago
November 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्राज्ना मानन्धरले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा प्राज्नाले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धाको अन्य खेलमा नेपालका समृद्धि महर्जन, प्रशंसा मोक्तान, जेनी खड्का, कृषा अधिकारी, शिभाली गुरुङ, आध्या पौडेल र सुनिरा थापाले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका श्रृजन भट्टराई, निश्चल कायश्थ, आद्रित नेपाल, वृजेश अर्याल, स्लोककेशर खड्का, आयुशमान हजुर घले, सक्षमविक्रम शाह र भारतका सिद्धार्थ जिबुले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराए ।
ब्वाइज डबल्समा नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाह, नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठ, भारतका अविर श्रीवास्तव र नेपालका वृजेश अर्याल तथा नेपालका श्रीयोग अधिकारी र निश्चल कायश्थको जोडीले सफलता पाए । उक्त स्पर्धाको गल्र्समा नेपालका कृषा अधिकारी र नाला जोस्फिन मास्के, नेपालका समृद्धि महर्जन र आध्या पौडेल तथा नेपालका जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीले जित आत्मासात् गरे ।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडी सहभागी छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]