57 minutes ago
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ।
एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।
एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे।
दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले गोल गरिन्।यही गोलमा एपिएफले पहिलो हाफमा १-० को अग्रता बनायो।
दोस्रो हाफमा नसरिन झनै निरिह बन्यो। एपिएफले थप ३ गोल गर्न सफल रहयो। ७० औं मिनेटमा मिनाले अग्रता दुगुना गरिन्।
त्यसको १० मिनेटमा रश्मिले व्यक्तिगत दोस्रो गोल गरिन्। एपिएफले सानदार अग्रता बनायो। इन्जुरी समयमा मिनाले पनि व्यक्तिगत दोस्रो गोल गरिन्। यो सँगै एपिएफले नसरिनलाई ४-० ले हराउँदै सशक्त सुरुवात गरेको छ।
त्यसअघि आज भएको भुटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसीबीचको खेल गोल रहित बराबरीमा सकियो।
लिग चरणमा सबै टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि दुई टप टिमले फाइनल खेल्नेछन्। च्याम्पियनसिपमा साग ५ राष्ट्रका क्लबहरूको सहभागिता रहेको छ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]