4 years ago
November 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले काठमाडौं/एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा सुनिराले नेपालकी प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सीधा सेटमा हराए । नेपालकी शिभाली गुरुङ तथा नेपालकी इभा अधिकारीले तेश्रो स्थानमा चित्त बुझाए ।

त्यसअघि डबल्सको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र आयुशमान हजुर घले तथा गल्र्समा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडी पहिलो भएका थिए ।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, उपाध्यक्ष केशवराज पाण्डे र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताअन्तर्गत सर्किट– २ का खेलहरु सोमबारदेखि सुरु हुने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]