4 years ago
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा प्रथम प्रधान सेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता २७ मंसिरदेखि ५ पुससम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा खुल्लातर्फ चार, भेट्रान्सतर्फ ७ र सरकारी निकायबीचको एक गरी १२ विधा समावेश गरिएको नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति मुनाल बस्नेतले जानकारी गराए ।
प्रतियोगितामा सहभागी हुनको लागि खेलाडीले कुनै न कुनै क्लबको प्रतिनिधित्व गर्नुपर्ने र एक खेलाडीले बढीमा दुई इभेन्ट्समा सहभागिता जनाउन पाउनेछ । कुनै पनि इभेन्ट्समा कम्तीमा आठ टिम सहभागी हुनुपर्ने र सो भन्दा कम भएमा पुरस्कार राशि घटाई वा खेल नै स्थगित गर्ने सेनाले जनाएको छ ।
प्रतियोगितामा विजयी हुने टिमलाई रनिङ ट्रफी प्रदान गरिनेछ । एकै क्लब तीन पटक विजयी भएमा रनिङ ट्रफीको रिप्लिका क्लबलाई प्रदान गरिनेछ । खेलाडी, प्रशिक्षक र अफिसियलले कोभिन –१९ को प्रोटोकल पुरा गर्नुपर्नेछ । टिम दर्ताको लागि ७ देखि २२ मंसिरसम्म समय तोकिएको छ । खेलहरु आर्मी अफिसर्स क्लबको कोर्ट र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कोर्टमा हुनेछ ।
खुल्ला पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स विधा समावेश गरिएको छ । भेट्रान्सतर्फ ३५ वर्षमाथि एकल, ३५ वर्षमाथि डबल्स, ४५ वर्षमाथि एकल, ४५ वर्षमाथि डबल्स, ५५ वर्षमाथि एकल, ५५ वर्षमागि डबल्स र ६५ वर्षमाथि एकलमा प्रतिस्पर्धा हुनेछ । सरकारी कर्मचारीबीच पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ ।
पुरुष एकल र महिला एकलको विजेताले समान ५० हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले समान २५ हजार तथा सेमिफाइनलमा पराजित हुनेले समान १५–१५ हजार रुपैयाँ हात पार्नेछ । पुरुष डबल्स, महिला डबल्सको विजेताले समान ४० हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुने जोडीले समान २० हजार तथा सेमिफाइनलमा पराजित हुने जोडीले समान १०–१० हजार रुपैया हात पार्नेछ ।
३५ वर्षमाथि एकलको विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र सेमिफाइनलमा पराजित हुने टोलीले समान ८–८ हजार प्राप्त गर्नेछ । ३५ वर्षमाथि डबल्स र ४५ वर्षमाथि एकलको विजेताले समान २५ हजार, दोस्रो हुनेले १३ हजार र सेमिफाइनलमा पराजित हुनेले समान ७–७ हजार प्राप्त गर्नेछ ।
४५ वर्षमाथि डबल्स र ५५ वर्षमाथि एकलको विजेताले समान २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले समान ५–५ हजार रुपैयाँ हात पार्नेछन् । ५५ वर्षमागि डबल्स र ६५ वर्षमाथि एकलको विजेताले समान १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सरकारी कर्मचारीबीच पुरुष डबल्सको विजेताले २५ हजार, दोस्रो हुने जोडीले ८ हजार र तेस्रो हुने दुई जोडीले समान ४–४ हजार प्राप्त गर्ने आयोजक सेनाले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]