4 years ago
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो । दीलिप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको आयोजक बालाजु ‘ए’ ले ३ स्वर्ण, १ रजत र १२ कांस्य हात पा¥यो ।
बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको पुरुषमा आयोजक बालाजु ‘बी’ का सुजन लामा तथा महिलामा द गुर्खाकी प्रिस्का मगर उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई युएस वेस्ट तेक्वान्दो एसोसिएसन, अमेरिकाका इन्स्ट्रक्टर ग्रान्ड मास्टर सुधोधनमान रन्जित, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अरुण बस्नेत, आयोजक बालाजु डोजाङका प्रमुख सुरेश मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा विभिन्न १६ स्पर्धामा १ सय ४० खेलाडी सहभागी थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]