default_image

4 years ago

December 12, 2021

टाइगर कप भलिबल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

362 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप पुरुष तथा महिला भलिबल प्रतियोगिताको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

यस सम्वन्धी हाम्रो खेलकुद र आयोजक टाइगर ग्रुप अफ पोखराबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा र आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्मा र हाम्रो खेलकुदको तर्फबाट सम्पादक प्रकाश तिमल्सिनाले हस्ताक्षर गर्दै आदान प्रदान गरे ।

हाम्रो खेलकुदले सामाजिक संजाल फेसबुक र युटुयुब मार्फत प्रतियोगिताको प्रसारण गर्ने छ । पहिलो संस्करणको प्रतियोगिताको पनि हाम्रो खेलकुदले नै प्रत्यक्ष प्रसारण गरेको थियो । दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप पुरुष तथा महिला भलिबल प्रतियोगिता २६ पुसदेखि १ माघसम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुनेछ ।

च्याम्पियनसिपमा महिला र पुरुषमा समान ५–५ गरी १० टोलीको सहभागिता रहने आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । खेल राउन्ड रोविन लिगको आधारमा हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी बल (एपीएफ), साविक विजेता गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस क्लवको सहभागिता रहनेछ । महिलातर्फ नेपाल पुलिस क्लब, र सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब र आयोजक टाइगर ग्रुप अफ पोखराको सहभागिता रहनेछ ।

आयोजक टाइगर ग्रुपले दोश्रो संस्करणमा आफ्नो महिला टिमलाई सहभागिता गराएको हो । टोलीको कप्तानी राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले गर्नेछन् । यसपटक टोलीले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान राखिएको हो र नेपाल भलिवल संघको नियमनुसार टिमहरुले विदेशी खेलाडी भित्रयाउन पाउने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा यो संस्करणमा पुरस्कार राशिमा वृद्धि गरिएको छ ।

महिला र पुरुष उपाधि विजेता टिमले समान ३–३ लाख रुपैयाँ हात पार्नेछन् । उपविजेता हुने महिला र पुरुषको दुवै टोलीले समान १ लाख ५० हजार, तेथी हुने महिला र पुरुष टोलीले ७५ हजार र सान्त्वना हुने महिला र पुरुष टिमले ३५ हजार रुपैया हात पार्नेछन् । महिला तथा पुरुषतर्फ उत्कष्ट एक–एक खेलाडीले समान २५ हजार रुपैयाँ हात पार्नेछ । हरेक विधाका उत्कृष्ट खेलाडीले समान १०–१० हजारसहित र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा रंगशालामा हुने आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि १५ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिने र वृद्धवृद्धालाई खेल हेर्न छुट्टै व्यवस्थासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई विशेष सुविधा दिने आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो । पुरुषमा गण्डकीले आर्मीलाई ३–२ को सेटमा तथा महिलामा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.