4 years ago
December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगर तेक्वान्दो विकास समितिले दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी हुने महानगरका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको हो ।
दुवै प्रतियोगिताका लागि समान ११–११ पुरुष र महिला खेलाडी छनोट भए । एकदिने दुवै छनोट प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको थियो । जुनियर प्रतियोगिताका लागि छनोट भएका खेलाडीले सीधै त्यही प्रतियोगितामा सहभागिता जनाउने छन् ।
अर्को प्रतियोगिताका लागि खेलाडी पहिले काठमाडौं जिल्ला छनोट प्रतियोगिता खेल्नु पर्ने छ । जुनियर प्रतियोगिता पुस ३ देखि ५ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुँदैछ ।
अर्को प्रतियोगिता माघ हुने तर स्थान तय भइसकेको छैन । छनोट भएका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, आयोजक समितिका अध्यक्ष सुरेश मानन्धरलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]