4 years ago
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस प्रालिको हलमा भएको फाइनलमा दीपले एपीएफका संयोग कपालीलाई ११–७, १६–१४, ११–५, ६–११, ७–११ र ११–५ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
यसअघि महिला सिंगल्सको फाइनलमा नेपाल आर्मीकी रविना महर्जनले आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सोझो सेटमा हराउदै शीर्ष स्थान हात पारेकी थिइन् । सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि कीर्तिपुरका जयराम महर्जन पहिलो, एनिस पिङपोङ क्लबका रक्तचन्द्र मानन्धर दोश्रो तथा गोडस्पिनका निकेनमान प्रधान र मुकेश महर्जन तेश्रो भए । ५० वर्षमाथि ललितपुर टेबलटेनिस क्लबका राजेन्द्र वज्राचार्यले स्वर्ण, ललितपुरकै राजन सुब्बाले रजत तथा खोल्छा पुखुका नदिम शाक्य र एनिसका कपुर शर्माले कास्य जिते ।
६० वर्षमाथि ललितपुरका आनन्दरत्न धाक्वा प्रथम, ललितपुरकै जग्दिशप्रसाद जोशी द्वितीय तथा एपीएमका सुमन खड्गी र ललितपुरका ध्रुवमान श्रेष्ठ तृतीय भए । यसअघि यु–१६ सिंगल्सको ब्वाइजमा न्यु हाराइजनका प्रवेश बस्नेत र गल्र्समा नेपाल आर्मीकी दिया देउला तथा मिक्स डबल्समा आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी विजेता बनेका थिए ।
प्रतियोगितामा समावेश आठै स्पर्धाका पदक विजेतालाई सिओम टेबलटेनिस नेपालले करिब ५ लाख रुपैयाँको खेल सामाग्री पुरस्कार स्वरुप प्रदान ग¥यो । प्रतियोगिताको ब्वाइजमा संस्कृति स्कुलका रायंश श्रेष्ठ तथा गल्र्समा एपीएमकी योङगी पौडेल उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई मुख्य प्रायोजक सांग्रिला डेभ्लोप्मेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, सह–प्रायोजक पूर्णशंकर श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, आयोजक प्रालिका निर्देशक दानबहादुर महता, सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]