4 years ago
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले दोश्रो बागमतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं समग्रमा टिम च्याम्पियन बनेको हो ।जैशीदेवल युथ क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका दोस्रो तथा गोदावरी नगरपालिकाले ३ स्वर्ण र ३ कांस्यसहित तेस्रो भयो ।
प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा आयोजक ‘ए’ का राहुल लिम्बू तथा महिलामा कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे । काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत पुम्सेको पुरुषमा श्रृजल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए ।
पुम्सेमै पेयर विधामा स्वर्ण जितेका नागर्जुन नगरपालिकाका आशिष श्रेष्ठ र मोनिका मगर संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए । पुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा काठमाडौंका गौरव रजक उत्कृष्ट प्रशिक्षक बने । निर्णायकको पुरुषमा कागेश्वरीका भीम तुम्बापो र महिलामा काठमाडौंकी बन्दना राई उत्कृष्ट ठहरिए ।
पेयरमा उत्कृष्ट भएका बाहेक सबै उत्कृष्टले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाए । पेयरका उत्कृष्टलाई जनही ५०–५० अमेरिकी डलर प्रदान गरियो ।
विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यस्तै २० वटै स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
दुईदिने प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक क्लबका सदस्य राजेन्द्र मानन्धरले जानकारी गराए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]