default_image

4 years ago

December 25, 2021

मनाङलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लियो

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । मछिन्द्रले मनाङलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

मछिन्द्रको जितमा सुनिल बलले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै मछिन्द्रले एएफसी कप खेल्ने सम्भावना बलियो बनाएको छ । पराजित मनाङको पनि छनोट हुने सम्भावना रहेको छ ।

त्रिपुरेशवरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको तेस्रो मिनेटमा एडिलाजा सोमिडेको ओभरहेड किक पोस्ट नजिकैबाट बाहिरियो । १५औं मिनेटमा कप्तान अन्जन विष्टको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा विशाल राईको

फ्रिकिकमा ओमोलाजा नुरेन करिमको प्रहार सदुपायेग हुन नसक्दा मछिन्द्रले अग्रता लिन सकेन । ३९औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोलको सुवर्ण मौका गुमाउँदा मछिन्द्र अग्रता लिनबाट चुसक्यो । डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नुर्लानले गरेको प्रहार दोस्रो बार च्याप्दै पोस्टबाट थोरै बाहिरिएको थियो ।

५८औं मिनेटमा सुनिल बलको क्रसमा विशाल राईको हेडर सदुपयोग हुन सकेन । ६४औं मिनेटमा सुनिल बलको लामो प्रहारलाई गोलरक्षक विशाल सुनारले मुस्किलले बचाउँदा रिवाउन्डमा सुनिल बलकै प्रहार डिफ्लेक्ट हुदा गोलरक्षकले सहजै नियन्त्रणमा लिन सफल भए ।

९०औं मिनेटमा सुनिल बलले फ्रिकिकमा दर्शनीय गोल गर्दै मछिन्द्रलाई १–० को जित दिलाउँदै महत्वपुर्ण ३ अंक दिलाए । जितपछि शीर्षस्थानमा उक्लिएको मछिन्द्रको ६ खेलबाट १४ अंक पुगेको छ । पहिलो हार बेहोरेको मनाङको १३ अंक छ ।

मछिन्द्रलाई हराउन सकेको भए मनाङले सातौ चरणको खेल अघि नै एएफसी कप छनोटको यात्रा पक्का गर्ने थियो । तर, हार बेहोरेसँगै अर्काे चरणको खेल नै कुर्नुपर्ने भएको छ । एक खेल कम खेलेको आर्मीको ९ अंक छ ।

सातौ चरणमा मनाङले बिबिसीसँग पोखरामा तथा मछिन्द्रले पुलिससँग काठमाडौंमा खेल्नेछ । एक खेल कम खेलेको आर्मीले आइतबार थ्री स्टारसँग तथा एपिएफसँग खेल्ने तालिका छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.