default_image

3 hours ago

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ।

च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।
आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए ।

‘सन् २००० मा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दोको आयोजना भएको हो । अहिले १५ औँ संस्करणसम्म आइपुग्दा यसको आकार वृहत भइसकेको छ । आइओएफटिसीले आफ्नो उद्देश्यअनुरुप तेक्वान्दोमार्फत् खेल भावना, मैत्री र अन्तर्राष्ट्रिय एकता प्रवर्धन गर्दै आएको छ,’ उनले भने।
यसैगरी आइओएफटिसी नेपालका अध्यक्ष मिनप्रसाद खनालले १५ औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी नेपाललाई पुनः दिइएकोमा आइओएफटिसीलाई धन्यवाद दिए ।

अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा ५ संस्करण, नेपालमा ४ संस्करण, भारत, बेलायत र हङकङ, अमेरिकाकै मिचिगन र दक्षिण कोरियाको सोलमा समान १ संस्करण आयोजना भइसकेको छ ।

आइओएफटिसी नेपालका महासचिव गिरिबहादुर सुनारले भने,’ नेपालमा हुने १५ औँ संस्करणलाई अझ भव्य बनाउने लक्ष्य हामीले लिएका छौँ । अन्तिम दिन सांस्कृतिक महोत्सव पनि आयोजना हुनेछ, जसले नेपालको समृद्ध सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश प्रस्तुत गरिनेछ।’

प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले च्याम्पियन्सिपमा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिको, माल्दिभ्स, बङगलादेशलगायतका खेलाडीको सहभागिता रहने जानकारी दिए । उहाँका अनुसार प्रतियोगितामा करिब एक हजार जना खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ ।

वल्र्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने च्याम्पियनसिपमा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश छन् ।

सिनियर पुरुष र महिलाको समान ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी समान १० तौल समूह र क्याडेट वर्गमा समान १० तौल समूहमा खेलाइनेछ ।

सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरेका छौँ । प्रतियोगितामा २ सय २२ स्वर्ण पदक, २ सय २२ रजत पदक र ४ सय ४४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।

प्रतियोगितामा विजेताका साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख २५ हजार रुपैयाँ रहेको छ ।

१६ औँ संस्करण अस्ट्रेलियामा
नेपाली खेलाडीहरुका लागि यो सन् २०२६ मा अस्ट्रेलियामा हुने १६ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपको छनोट पनि हो । यसै प्रतियोगिताबाट अस्ट्रेलियामा हुने प्रतियोगिता चयन गरिनेछ । आइओएफटिसीले १६ औँ संस्करण गर्ने जिम्मेवारी अस्ट्रेलियालाई दिइसकेको बताइएको छ ।

सो च्याम्पियनसिप को मिति भने पछि तय गरिनेछ ।
सो प्रतियोगितामा उपस्थिति जनाउन कुकिवनका प्रशिक्षक मिन हाक सिओले नेपाल भ्रमण गर्ने जानकारी दिइयो । प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनारको पनि आयोजना हुनेछ । प्रशिक्षक सिओले सो सेमिनार सञ्चालन गर्नेछन् ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.