4 years ago
December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको चौतारामा पहिलोपटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खुल्ला हाप म्याराथन पुस २४ गते शनिबार हुने जानकारी गराएको हो ।
खुल्ला हाफ म्याराथनमा पुरुष र महिला खुल्ला हाफ म्याराथन, ४०–५५ वर्ष माथिको भेट्रान्स महिला र पुरुष ५५ वर्षमाथिको सुपर भेट्रान्स र स्थानियबासीको महिला र पुरुष विधा समावेश गरिएको चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिका सह–संयोजक अमृतमान श्रेष्ठले जानकारी गराए । भेट्रान्सको तर्फको सबै इभेन्ट १५ किलोमिटरको हुने आयोजकले जनाएको छ ।
हाफ म्याराथनको पुरुष र महिलातर्फको विजेताले समान ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २२ हजार २ सय २२, तेस्रो हुनेने ११ हजार १ सय ११ र चौथो हुनेले ५ हजार ५ सय ५५ रुपैया हात पार्नेछन् ।

४० देखि ५५ वर्षसम्मको भेट्रान्सको पुरुष र महिलाको दुवै विजेताले समान ९ हजार ९ सय ९९ रुपैया प्रात गर्नेछन् । दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ । सुपर भेट्रान्स ५५ वर्षमाथिको विजेताले ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् ।
स्थानिय महिला र पुरुष दुवै विजेताले ५ हजार ५ सय ५५ रुपैया, ट्रफी र मेडल प्राप्त गर्नेछन् । म्याराथन साँगाचोकगढीबाट सुरु भई जल्केनी, ईर्खु, मेलचौर, चौतारा, ब्याङ्चेपानी, गौराती मन्दिर हुँदै टुडिखेल आएर टुंगिनेछ ।
चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिले यसअघि पालिका स्तरिया खुल्ला फुटबल प्रतियोगिता, ‘बी’ डिभिजन स्तरीय खुल्ला फुटबल प्रतियोगिता र गत वर्ष राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]