default_image

4 years ago

December 31, 2021

जुम्ल्याहा दाइभाइलाई स्वर्ण

322 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जुम्ल्याहा दाइभाइ राम र लक्ष्मण गोलेले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

बाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेका हुन् ।एपीएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोश्रो भए । लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेष्राज सुनार तथा नेपाल आर्मीका रोशनी श्रेष्ठ र अस्मिन राईको जोडी तेश्रो भए ।

लक्ष्मणले सिनियर पुरुष एकल पुम्सेमा पनि स्वर्ण जिते । उनले लुम्बिनीका युवराज लामालाई पछि पारे । आयोजक ‘ए’ र ‘बी’ का क्रमशः पुष्पप्रसाद गौतम र मुहम्मद उमर खान संयुक्त रुपमा तेश्रो बने । सोही स्पर्धाको महिलामा आर्मीकी रश्मी श्रेष्ठ पहिलो, एपीएफकी चन्दु शाही दोश्रो तथा लुम्बिनीकी सुनिता विष्ट र आयोजक ‘ए’ की रंगिला रोका तेश्रो स्थानमा रहे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सिनियर ग्रुप पुम्सेमा आर्मीका रोशनी श्रेष्ठ, अस्मिन राई र स्मृति थापा सम्मिलित टोली पहिलो भयो । प्रहरी दोश्रो भयो भने आयोजक ‘ए’ र लुम्बिनी तेश्रो बने । जुनियर ग्रुप पुम्सेमा आयोजक ‘ए’ का मोनिका मगर, मोनिका रम्तेल र स्मृति नेपालीले शीर्ष स्थान कब्जा गरे ।

आयोजक ‘बी’ दोश्रो तथा गण्डकी प्रदेश तेश्रो भए । जुनियर पुरुष एकल पुम्सेमा आयोजक ‘बी’ का श्रृजल श्रेष्ठले स्वर्ण, आर्मीका सुजन श्रेष्ठले रजत तथा कर्णाली प्रदेशका दिनेश मगर र प्रदेश १ का निङमा तामाङले कांस्य हात पारे । जुनियर महिला एकल पुम्सेमा आयोजक ‘बी’ की जैनव खातुन पहिलो, आयोजक ‘ए’ की मोनिका रम्तेल दोश्रो तथा प्रदेश १ की शान्ति राई र एपीएफकी रोशनी सिलवाल तेश्रो भए ।

जुनियर पेयर पुम्सेमा आयोजक ‘ए’ का अब्बास अन्सारी र जैनव खातुन पहिलो, प्रदेश १ का निङमा तामाङ र शान्ति राई दोश्रो तथा आयोजक ‘बी’ का योगुन राई र हिमाल अधिकारी तथा आर्मीका रिता श्रेष्ठ र सुजन श्रेष्ठ तेश्रो भए । प्रतियोगिताको बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा आयोजक, सातै प्रदेश र तीन विभागीय टोलीका ३ सय ३० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका अध्यक्ष केशव पुरीले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.