default_image

4 years ago

January 25, 2022

नाडाल अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

266 views

0 Bookmark

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा मंगलबार भएको क्वाटरफाइनलमा नाडालले क्यानडाका डेनिस सापालोभलाई ३–२ को सेटमा हराएर अन्तिम चारको यात्रा तय गरेका हुन् ।

१४औं वरीयताका डेनिसमाथि नाडालले ६–३, ६–४, ४–६, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा जित निकालेको हो । नाडाल सातौंपटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गर्दा सन् २०१९ पछि पहिलोपटक अष्ट्रेलियन ओपनको अन्तिम चारमा पुगेका हुन् ।

२१औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा रहेका ३५ वर्षीय नाडालले सेमिफाइनलमा पुग्ने उनी एकमात्रै पूर्व च्याम्पियन हुन् । उनले २००९ मा स्वीस रोजर फेडेररलाई हराएको पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेको थियो । त्यसयता उनले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गरेपनि च्याम्पियन बन्न भने सकेका छैनन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.