4 years ago
January 28, 2022
एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा शुक्रबार भएको सेमिफाइनलमा नाडालले इटालीका माटियो बेरारटिनीलाई ३–१ को सेटमा हराएर उपाधि नजिक पुगेका हुन् ।

सातौं वरीयताका बेरारटिनीमाथि नाडालले ६–३, ६–२, ३–६ र ६–३ को सेटमा जित निकाल्दै २१औं ग्रान्डस्लामको जित नजिक पुगेको हो । २१औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा रहेका ३५ वर्षीय नाडाल छैटौंपटक अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गर्दा सन् २०१९ पछि फाइनलमा प्रवेश गरेका हुन् ।
नाडालले २००९ मा स्वीस रोजर फेडेररलाई हराएर पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेको थियो । त्यसयता उनले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गरेपनि च्याम्पियन बन्न भने सकेका छैनन् ।
अब नाडालले उपाधिका लागि ड्यानिल मेडेभेडेभ र स्टेफानोस सिट्सीपासबीचको विजेतासँग आइतबार खेल्नेछ । यि दुईबीच आज नै प्रतिस्पर्धा हुदैछ ।
नाडालले फ्रेन्च अोपन सर्वाधिक १३ पटक, युएस ओपन ४ पटक, विम्वल्डन २ पटक र एकपटक अष्ट्रेलियन ओपन गरी कुल २० ग्रान्डस्लाम जितेका छन् । नाडालले २०१९ मै फ्रेन्च र युएस ओपन जितेका थिए । त्यसयता चोटसँग जुध्न पुग्दा उनले कुनैपनि उपाधि जित्न सकेका छैनन् ।
नाडाल समग्रमा २९औं पटक ग्रान्डस्लामको फाइनलमा पुगेका हुन् । उनले जसमध्ये २० उपाधि जितेका छन् । चारपटक अष्ट्रेलियन ओपनको फाइनलमा पराजित नाडाल २००६, २००७, २०११ मा विम्वल्डन र २०११ मा युएस ओपनको फाइनलमा पराजित भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]