4 years ago
February 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ । धरानमा एक कार्यक्रमकाबीच एलकन थापा मगरको अध्यक्षतामा मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा अशेस लिम्बु, सचिवमा नविन राई, सह–सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् । सदस्यहरुमा भने सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे चयन भएका छन् ।
उक्त समितिको चयन नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपतिको प्रमुख आतिथ्यतामा भएको थियो । चयन भएका सुनसरी जिल्ला समितिका पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष कक्षपतिले खदा लगाएर शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
केन्द्रिय अध्यक्ष कक्षपतिले मुवाँथाई राष्ट्रिय खेलकुद परिसदमा दर्ता भएको खेल भएता पनि ओझेलमा परेको बताए । उनले भने,“मुवाँथाई खेललाई एक उग्र खेल भन्ने गरिएकोले यसमा कमैको मात्र रुचि भएको देखिन्छ तर यस खेलमा शक्तिसँगै धैर्य भएर खेल्नुपर्ने हुन्छ ।” उनले संघको मुख्य उद्देश्य नै खेललाई व्यावसायीकरण गर्नु भएको बताउँदै उक्त कार्यको सुरुवात सुनसरी जिल्लाबाट नै गर्ने बताए ।
बडिबिल्डिङ फिटनेस संघ सुनसरीका उपाध्यक्ष सञ्जिव वान्तावाले संघलाई स्थानिय तहमा समन्वय गरेर अघि बढ्न सुझाव दिएका छन् । यसैगरी बास्केटबल प्रशिक्षक तथा पत्रकार विकास चाम्लिङ राईले संघलाई शुभकामना दिदै शिक्षा र खेलकुदलाई सँगै लैजान सकेमा खेल र खेलाडी दुवैको स्तर राम्रो बन्ने बताए ।
उनले विद्यालय क्षेत्रबाट नै अघि बढ्न र विशेष गरी प्रशिक्षक उत्पादनमा जोड दिन सुझाव दिएका छन् । उक्त समयमा बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खेलको प्रचारप्रसारका साथै त्यससम्बन्धि जानकारी जनमानससम्म पुर्याउने कार्यमा महासंघले सधै साथ दिने बताए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]