4 years ago
February 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक– २०२१ मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धनले सहभागिताको प्रमाण पत्र प्राप्त गरेकी छन् ।

अगष्ट २४ देखि सेप्टेम्बर ५ तारिखसम्म भएको टोकियो पारालिम्पिकमा पलेशाले प्रतिस्पर्धा गरेको के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि जम्मा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धामा पलेशा समग्रमा पाँचौं भइन् ।
त्यसैको प्रमाण पत्र एनआरएनए जापानकी उपाध्यक्ष संगीता अधिकारी सुवेदीले आइतबार एक कार्यक्रमबीच पलेशालाई हस्तान्तरण गरेकी हुन् । टोकियो पारालिम्पिकमा पलेशाको प्रशिक्षकको भूमिका अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले निर्वाह गरेका थिए ।
मुख्य ‘ड्र’ मा बेलायतकी खेलाडीसंग पराजित भएकी पलेशा रिपाचेजको पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाकी खेलाडीलाई पराजित गर्दै पदकनजिक पुगेकी थिइन् । कांस्य पदकको भिडन्तमा पलेशा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]