4 years ago
February 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिताका पदक विजेता पुरस्कृत भएका छन् ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २÷२ हजारका दरले नगद पुरस्कार पाए । माघ २८ गते भएको प्रतियोगिताको पुरुषमा अल्पाइनका पुष्पप्रसाद गौतम पहिलो, मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान तामाङ तेश्रो भएका थिए ।
महिलामा मिनिल्यान्डकी चन्दु शाही प्रथम, लुनारकी रंगिला रोका द्वितीय तथा विद्या आर्जनकी मुना खवास मगर र पिस नेपालकी सारदा धिमालले तृतीय स्थान हासिल गरेका थिए । उनीहरुलाई आयोजक संघका अध्यक्ष अशोक खड्काले एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरे । प्रतियोगिताको पुरुषमा २९ र महिलामा ८ डोजाङ प्रमुख सहभागी थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]