4 years ago
February 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठान पाँचौं दिलिप स्मृति प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

प्रतिष्ठानले ११ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो । गत चारै संस्करणको उपाधि पनि प्रतिष्ठानले नै जितेको थियो । काभ्रेको रोसी गाउँपालिकास्थित नारायणटारमा भएको प्रतियोगितामा ७ स्वर्णसाथ ढल्कु दोश्रो भयो । ३ स्वर्ण जितेको मैजुकुमारीले तेश्रो स्थानमा चित्त बुझायो ।
सिनियरको पुरुषमा प्रतिष्ठानका सरोज मगर तथा महिलामा मैजुकुमारीकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा ललित राना मगर तथा महिलामा प्रतिष्ठानकी रोजिना तामाङ उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई युवा संघका केन्द्रीय उपाध्यक्ष अमित लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा प्रतिष्ठानका ८ खेलाडीलाई सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट खेलाडीमा आशिष लामा, विशाल लामा, सहदेव रिजाल, सन्तोष मगर र डेनी लामा सम्मानित भए ।
अनुशासित खेलाडीमा वीरेन्द्र थापा मगर, चन्द्र मगर र कार्साङ लामालाई सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा १ सय ७१ खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]