default_image

4 years ago

March 5, 2022

शिक्षा र सीतालाई स्वर्ण

817 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी शिक्षा नापित र सेनाकी सिता पाठकले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा महिलातर्फ स्वर्ण जितेका छन् ।

शिक्षा नापितले महिला ब्यक्तिगत सावरतर्फ स्वर्ण जित्ने क्रममा एपिएफकी उर्मिला लामालाई १५–९ अंकले पराजित गरिन् । एपिएफकी शुक घिसिङ र सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाइन् ।

यस्तै शनिबारै भएको महिला ईपीतर्फको खेलमा सेनाकी सिता पाठकले एपिएफकी जानुका स्याङतानलाई १५–१२ ले पछि पार्दै स्वर्ण जितिन् । एपिएफकी अनिता कार्की र नेपाली सेनाकी ईन्दिरा पौडेलले कास्य पदक प्राप्त गरिन् ।

बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनमा शनिबारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरि ६ टोलीका ११४ खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरि तीन बिधामा ब्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं बीर गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष नेपाली काँग्रेसका नेता प्रकास मान सिंहले पादनसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.