4 years ago
March 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्लाले बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । १४ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै बागमती टिम च्याम्पियन बन्यो ।

बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको चितवन दोश्रो भयो । तेश्रो स्थानको धादिङले ३ स्वर्ण, २ रजत र ४ कांस्य हात पा¥यो । विजेतालाई नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति जितेन्द्र श्रेष्ठ, बागमती प्रदेश तेक्वन्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई ‘सेकेन्ड क्लास’ रेफ्रीमा उत्तीर्ण हुन सफल भएकोमा आयोजकले सम्मान गरेको थियो । यस्तै आयोजकले गत पुस १५ देखि १७ गतेसम्म आयोजना गरेको मेयर कप तेक्वान्दोलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा काठमाडौं जिल्ला तेक्वान्दो संघलाई पनि सम्मान गरेको थियो ।
त्यस्तै सोही प्रतियोगितामा पदक जित्न सफल बागमतीका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्णलाई ५, रजतलाई ३ र कांस्यलाई २ हजार नगदबाट पुरस्कृत गरियो । राष्ट्रिय टिम तयारीका लागि आयोजित दुईदिने छनोट प्रतियोगितामा २ सय ४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]