default_image

4 years ago

March 11, 2022

रसिब गलाकमा अनुबन्धित

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गलाक द लाइफ स्टायलले मुवाँथाइ खेलाडी रसिब जारीलाई १ वर्षका लागि शुक्रबार अनुबन्ध गरेको छ ।गलाकका प्रमुख कार्यकारी अधिकृत अज्नब लिबीले रसिबलाई खेल पोशाक प्रदान गरी रसिबलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरे ।

नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिको उपस्थितिमा रसिबलाई अनुबन्ध गरेको घोषणा गरिएको हो । गलाकले प्रति महिना १० हजार रुपैयाँ प्रदान गर्ने गरी १ वर्षका लागि रसिबलाई अनुबन्ध गरेको जनाएको छ । रसिब लाइट हेभी वेटतर्फ ४ पटकका च्याम्पियन हुन् ।

कार्यक्रममा अध्यक्ष कक्षपतिले मुवाँथाइमा पनि पहिलो पटक खेलाडी अनुबन्धको थालनी भएकोमा खुशी व्यक्त गर्दै गलाकलाई धन्यवाद दिए । अध्यक्ष कक्षपतिले भने– ‘ढीलै भएपनि मुवाँथाइमा पनि खेलाडी अनुबन्धको सुरुआत भएको छ । अरु खेलमा खेलाडी कुनै क्लब वा टिमसंग अुनबन्ध हुन्थे । तर पहिलो पटक मुवाँथाइमा पनि खेलाडी अनुबन्ध गर्ने परम्पारको थालनी भएकोमा खुशी छु ।

यसले मुवाँथाईलाई थप व्यवसायिकरण गर्ने विश्वास छ । गलाकलाई धन्यवाद’ प्रमुख कार्यकारी अधिकृत लिबीले आगामी दिनमा अन्य खेलाडीलाई पनि अनुबन्ध गर्ने योजना रहेको जानकारी गराए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.