4 years ago
March 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ११ र महिलामा २ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले मंगलबार टौडहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
४ प्रदेश तथा नेपाल आर्मी र एपीएफबाट जम्मा ५० खेलाडीको सहभागिता रहने छ । प्रोफेसनल फाइट पनि हुने छ । दक्षिणकाली नगरपालिकाको सहयोगमा हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु दक्षिणकाली नगरपालिकाको फर्पिङमा हुने छ । उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र बस्ने व्यवस्था आयोजकले गर्ने छ ।
पत्रकार सम्मेलनमा दक्षिणकाली नगरपालिका मेयर मोहन बस्नेतले दक्षिणकालीमा मुवाँथाईको राष्ट्रिय प्रतियोगिता हुनु गर्वको विषय भएको बताउदै नगरपालिकाले खेलाडी र खेलकुदको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उप–मेयर बसन्ती डंगोलले खेलाडीको स्तरबृद्धि गर्न प्रतियोगिता नियमित रुपमा आयोजना हुनु पर्नेमा जोड दिइन् । अध्यक्ष कक्षपति मुवाँथाई खेलको विकास÷विस्तारका साथै प्रवद्र्धन गर्न संघले विभिन्न भुगोलमा प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको जानकारी गराए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]