default_image

4 years ago

March 22, 2022

पल्सर स्पोर्ट्स अवार्ड आज, खेलकर्मी सम्मानित हुँदै

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्र्डको १८औं संस्करण आज (मंगलबार) हुदैछ ।

कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो ३ बजेपछि हुने अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष एवम् अवार्ड आयोजक मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदी (देवेन्द्र) ले जानकारी दिए ।

२०५२ साल भदौ २५ गते स्थापना भएको एनएसजेएफले २०५३ देखि अवार्ड कार्यक्रम गर्दै आएको छ । कोरोना भाइरस (कोभिड–१९) को माहामारीका कारण निर्धारित समयभन्दा केही ढिला हुन लागेको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागेको छ ।

कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ । अवार्ड कार्यक्रम नेपालका टेलिभिजन च्यानल एनटीभी प्लस एचडी, एनटीभी न्युज एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ । यसका साथै एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज र खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न नौं विधामा प्रदान गरिनेछ । कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गरिनेछ ।

अवार्डका लागि पिपल्स च्वाइस विधाको विद्युतीय भुक्तानी माध्यम ई–सेवामार्फत गरिने मतदान सोमबारको मध्यरातसँगै सकिएको छ । यसपालि पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबल टेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबार नै गरिने छ । यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ ।

कार्यक्रममा सहभागी हुन एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिक काठमाडौं आइसकेका छन् । उनले एसियाली खेल पत्रकारको संगठनमा सक्रिय एवम् उदाहरणिय रहेको एनएसजेएफले आयोजना गर्ने अवार्ड कार्यक्रमलाई एआईपीएस एसियाको वार्षिक क्यालेन्डरमा समावेश गरिसकिएको उल्लेख गर्दैै यस कार्यक्रमलाई एसियाकै उत्कृष्ट अवार्ड कार्यक्रमको रुपमा प्रशंसा गरेका छन् ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । अवार्डलाई सूर्य नेपाल प्रालि, ई–सेवा, डिस मिडिया नेटवर्क, केल्मी नेपाल, प्लाजा होटल ग्रुप, रोयल सिंगी होटल, इमेजिङ, नबिल इन्भेस्टमेन्ट बैंकिङ, रुस्लान लगायतले सहप्रायोजन गरेका छन् । साथै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीले सहयोगी भूमिका निर्वाह गरेका छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.