4 years ago
March 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्युठान जिल्लाको आयोजना तथा माण्डवी गाउपालिका, प्युठानको सहयोगार्थमा भएको पाचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ ।

सोमबार सम्पन्न प्रतियोगितामा बागमतीले ५ स्वर्ण, १ रजत तथा ३ काश्य पदक हात पारेको हो । ४ स्वर्ण, ८ रजत तथा १४ काश्य पदक जितेको लुम्बिनी प्रदेश दोस्रो तथा ३स्वर्ण र २ काश्य सहित कर्णाली प्रदेश तेस्रो भयो ।
महिला फाइट तर्फको २० किलो तौल समूहमा लुम्बिनी प्रदेशकी पूर्णिमा पुन मगर पहिलो भए । सोस्पर्धामा लुम्बिनीकै स्वर्णिका विसी दोस्रो तथा प्रदेश नम्बर १ की ग्रीष्म चौधरी र सुदुरपश्चिम प्रदेशकी रितु चौधरी तेस्रो र चौथो भइन । २५ किलो तौल समूहमा लुम्बिनी प्रदेशकी आचल बुढा मगर पहिलो भइन । सो स्पर्धामा प्रदेश नं १ कीस्मृति घर्ती मगर दोस्रो तथा कर्णालीका अन्जली जिसी तेश्रो र सुदुरपश्चिमकी सन्ध्या घर्ती मगर चौथो भइन ।
३० किलो तौल समूहमा बाग्मती प्रदेशकी सन्चिता केसी पहिलो भइन । सो स्पर्धामा लुम्बिनी प्रदेशकी बिपना पुन मगर दोस्रो तथा लुम्बिनीकै सरला केसी तेस्रो र अपेक्षा रोका मगर चौथो भइन । ३५ किलो तौल समूहमा कर्णाली प्रदेशकी पुजा चौधरी भइन । सो स्पर्धामा कर्णालीकै आशिका बि.क.दोस्रो तथा विनिशा एलजी तेस्रो भइन र लुम्बिनी प्रदेशकी कविता शर्मा चौथो भइन ।
४० किलो तौल समूहमा सुदुरपश्चिमकी निक्कु विस्वकर्मा पहिलो भइन । सो स्पर्धामा प्रदेश नम्बर १ की अस्मिता महरा दोस्रो तथा लुम्बिनी प्रदेशकी सबिता बि.क. तेस्रो सुदुरपश्चिम प्रदेशकी कृति केसी चौथोभइन । ४५ किलो तौल समूहमा लुम्बिनी प्रदेशकी चादनी खत्री पहिलो भइन । सो स्पर्धामा गण्डकी प्रदेशकी अन्जली केसी दोस्रो तथा गण्डकीकै अन्जली पुन मगर तेस्रो र लुम्बिनी प्रदेशकी वर्षा थापा मगर चौथो भइन ।
५० किलो तौल समूहमा कर्णालीकी शान्ति पौडेल पहिलो भइन । सो स्पर्धामा गण्डकी प्रदेशकी सिर्जना बुढा दोस्रो तथा प्रदेश नम्बर १ की रीता सुनार तेस्रो र लुम्बिनी प्रदेशकी बसन्ती ठेडी मगर चौथो भइन । ५५ किलो तौल समूहमा बागमती प्रदेशकी रन्जिता गुरुङ पहिलो भइन । सो स्पर्धामा गण्डकी प्रदेशकी रूपा बुढा मगर दोस्रो तथा सुदुरपश्चिमकी कल्पना खड्का तेस्रो र लुम्बिनी प्रदेशकी भीमा राना चौथो भइन ।
६० किलो तौल समूहमा प्रदेश नम्बर १ की नवीना श्रेस्ठ पहिलो भइन । सो स्पर्धामा लुम्बिनी प्रदेशकी बिनिता बुढा मगर दोस्रो तथा बागमती प्रदेशकी अनुष्का शिवभक्ति तेस्रो र गंगा घर्ती मगर चौथो भइन । पुरुष फाइटतर्फ २० किलो तौल समूहमा सुदुरपश्चिमका भेषराज भण्डारी पहिलो भए । सो स्पर्धामा लुम्बिनीका रेशम गौरे दोस्रो तथा गण्डकी प्रदेशका क्षितिज पुन मगर तेस्रो र प्रदेश नम्बर १ का निशान गिरी चौथो भए ।
२५ किलो तौल समूहमा प्रदेश नम्बर १ का अनुश महरा पहिलो भए । सो स्पर्धामा सुदुरपश्चिम प्रदेशका कमल भण्डारी दोस्रो तथा गण्डकी प्रदेशका बिमल घर्ती मगर तेस्रो र लुम्बिनी प्रदेशका अनीश सुनार चौथो भए । ३० किलो तौल समूहमा प्रदेश नम्बर १ का अर्पण नेपाली पहिलो भए । सो स्पर्धामा सुदुरपश्चिम प्रदेशका विकास रावत दोश्रो भए । लुम्बिनी प्रदेशका प्रवीण नेपाली तेस्रो भए । र लुम्बिनीकै निश्चल खड्का चौथो भए ।
३५ किलो तौल समूहमा प्रदेश नम्बर २ का बिजेस थापा मगर पहिलो भए । सो स्पर्धामा सुदुरपश्चिम प्रदेशका शुभम भुसाल दोस्रो तथा प्रदेश नम्बर १ का सन्देश रावत तेस्रो र गण्डकी प्रदेशका समीर गिरीचौथो भए ।
४० किलो तौल समूहमा बागमती प्रदेशका अमृत गुरुङ पहिलो भए । सो स्पर्धामा लुम्बिनी प्रदेशका कृष्ण नेपाली दोस्रो तथा प्रदेश नम्बर २ का नवीन बि.क. तेस्रो र सुदुरपश्चिम प्रदेशका राजन शर्मा चौथो भए । ४५ किलो तौल समूहमा बागमती प्रदेशका सुरेन्द्र गुरुङ पहिलो भए ।
सो स्पर्धामा लुम्बिनी प्रदेशका इशु घर्ती मगर दोस्रो तथा सुदुरपश्चिम प्रदेशका कृष्ण डिसी तेस्रो र नेपाल पुलिस स्कुलका अजय न्यौपानेचौथो भए । ५० किलो तौल समूहमा बागमती प्रदेशका दिनेश गुरुङ पहिलो भए । सो स्पर्धामा गण्डकी प्रदेशका महेश गुरुङ दोस्रो तथा प्रदेश नम्बरका सिशि चौधरी तेस्रो र लुम्बिनी प्रदेशका सुरज विस्वकर्मा चौथो भए ।
५५ किलो तौल समूहमा प्रदेश नम्बर २ का गणेश केसी पहिलो भए । सो स्पर्धामा बाग्मतीको प्रदेशकासमीर गुरुङ दोस्रो तथा लुम्बिनी प्रदेशका विवश घर्ती मगर तेस्रो र लालमोहन गुरुङ चौथो भए । ६० किलो तौल समूहमा नेपाल पुलिस स्कुलका गुमान घर्ती मगर पहिलो भए ।
सो स्पर्धामा नेपाल पुलिस स्कुलकै सिर्जन केसी दोस्रो तथा प्रदेश नम्बर २ का सुरेश परियार तेस्रो र बागमती प्रदेशका आशीषतामाङ चौथो भए । ६५ किलो तौल समूहमा बागमती प्रदेशका निमेश गुरुङ पहिलो भए । सो स्पर्धामा लुम्बिनी प्रदेशका प्रदीप घर्ती मगर दोस्रो तथा बागमती प्रदेशका रमेश तामाङ तेस्रो र लुम्बिनीका भूपेन्द्र पुन मगर चौथो भए ।
पुरुषकै खुल्ला तौल समूहमा प्रदेश नम्बर १ का राजकुमार बुढा पहिलो भए । कर्णाली प्रदेशका विशाल बुढा मगर दोश्रो तथा लुम्बिनी प्रदेशका रबिन सुनार तेश्रो र सुदुरपश्चिम प्रदेशका विवेक बि.क. चौथो भए । पुरुषतर्फ अनुस महरा तथा महिलातर्फ शान्ति पौडेल उत्कृष्ट खेलाडी भए । नेपाल पुलिस स्कुलका गुमान घर्ती मगर उत्कृष्ट रेफ्रिघोषित भए ।
पुरुषतर्फ विजेश थापा मगर तथा महिलातर्फ चादनी खत्री बेस्ट अनुशासन खेलाडी घोषित भइन् । समापन समारोहमा प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि माण्डवी गाउपालिका प्युठानका अध्यक्ष श्रीधर रोका मगर, नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगर, केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक प्रबिण गुरुङले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]