default_image

4 years ago

March 24, 2022

सुदूरपश्चिम, गण्डकी र लुम्बिनीको जित

234 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा बिहबिार विजयी भएका छन् ।

पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० ले पराजित गरेको छ । गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २ गोल र रोहन लामाले १ गोल गरे । गण्डकीका आशिष ठकुरी खेलको म्यान अफ दी म्याच चुनिए ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ३–१ ले पराजित गर्यो । सुदूरपश्चिमका दीपकराज जोशी, आयुष साह र भीम भट्टले समान १ गोल गरे । सुदूरपश्चिम प्रदेशका आयुष साह खेलको म्यान अफ दी म्याच घोषित भए ।

त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ७–१ गोल अन्तरमा पराजित गरेको छ । लुम्बिनीका लागि अद्नान अन्सार र सागर आचार्यले समान २ गोल तथा सुरजकुमार घर्ती र इम्तिहाज अन्सारीले समान १ गोल गरे । मधेस प्रदेशका लागि एक मात्र सान्तवना गोल आकाश साहाकानुले गरे । लुम्बिनीका अद्नान अन्सारी म्यान अफ दी म्याच भए ।

नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगिताको अंक तालिका अनुसार शुक्रबारको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुने खेल संयोजक रञ्जन थापाले जानकारी दिए ।

चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली आर्मीसाथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रगियोगिताको विजेताले ५० हजार, दोस्रो टोलीले ३५ हजार र तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.