4 years ago
March 24, 2022
दिपक न्यौपाने, बुटवल
शुद्धोधन गाँउपालिका नवौं फर्साटिकर कप फुटबल प्रतियोगिता शनिबार सुरु हुने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले जानकारी दिए ।
टाईगर्स बु्अरी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई शुद्धोधन गाउपालिकाबाट समेत सहयोग रहेको कुँवरले बताए । संघिय सरकार, स्थानिय सरकारको सहयोगमा होस्टेल, एकेडेमी र मिनि स्टेडियम निर्माणको तयारी गरि ब्यवस्थित गर्न लागेको अध्यक्ष कुँवरले जनाए । चैत २६ गतेसम्म फर्साटिकर माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, कप र दोस्रो हुने टोलीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ, उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक आशिष केसीले बताए ।
भैरव एफसी, झरना स्पोर्ट्स क्लब, मुर्गिया एफसी, लिस्नु युवा क्लब, कपिलबस्तु युवा क्लब, सुनौलो संगम युवा क्लब, केबिए ग्लोबल भरतपुर एफसी, न्यु युथ युनियन पाल्पा, साविक विजेता फुलबारी गाईज, कालिका स्पोर्ट्स चितवन, फर्साटिकर रातो र निलो गरि १२ टोलीको सहभागिता रहने प्रतियोगिताका प्रचार प्रसार संयोजक टेकु भण्डारीले बताए । उद्घाटन खेल भैरव एफसी र फर्साटिकर निलोबीच हुनेछ । प्रतियोगिताका लागि झण्डै १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]