4 years ago
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धादिङ र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

धुलिखेलमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा धादिङले दोलखालाई ३–१ गोलले पराजित ग¥यो । धादिङका कमला घले, रितु घले र सजिना राईले गोल गरे । दोलखाकी सम्झना पाण्डेले गोल फर्काइन् ।
दोश्रो सेमिफाइनलमा मकवानपुरले सिन्धुलीलाई ४–१ गोलले हरायो । मकवानपुरकी पूजा लामाले ह्याट्रिक गर्दा सन्जिता बमजनले १ गोल थपिन् । सिन्धुलीकी वितिशा बमजनले सान्त्वना गोल गरिन् । फाइनल शनिबार हुने छ । बक्सिङमा फाइनल समीकरण पूरा भएको छ ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]