4 years ago
March 26, 2022
विराटनगर (हाम्रो खेलकुद) – नेपाली सेनाले गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित शहिद रंगशालामा शनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ७–१ ले पराजित गर्दै सेनाले उपाधिमाथि कब्जा जमाएको हो ।

सेनालाई उपाधि दिलाउँन राजेन्द्र कार्की, सुमितकुमार कामी र रोमन राना मगरले समान दुई तथा प्रदीप राजवंशीले एक गोल गरे ।सुदूरपश्चिमका केशवराज जोशीले एक गोल फर्काए । खेलको म्यान अफ दी म्याच सेनाका सुमितकुमार कामी घोषित भएका छन् ।
त्यस्तै शनिवार नै लुम्बिनी प्रदेशलाई ५–० ले पराजित गर्दै गण्डकी प्रदेश तेस्रो बनेको छ । गण्डकीका अशिम ठकुरीले ४ र पिताम्बर थापाले १ गोल गरे । खेलको म्याद अफ दी म्याच गण्डकीका अशिम ठकुरी घोषित भए ।
उपाधिसँगै नेपाली सेनाको टिमले नगद ७५ हजार र ट्रफी प्राप्त गरेको छ भने उप–विजेता सुदूरपश्चिमले ४१ हजारमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो हुने गण्डकी प्रदेशले २१ हजार पाएको छ ।
प्रतियोगितामा सेनाका सुमितकुमार कामी सर्वोत्कृट खेलाडी, रोमन राना मगर सर्वाधिक गोलकर्ता, पुरन ओली उत्कृष्ट गोलरक्षक, लुम्बिनीका अथनान अन्सारी उदयमान खेलाडी र सुदूरपश्चिमका केशवराज जोशी उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुले समान ५÷५ हजार नगद पुरस्कार पाएका छन् ।
बिजयी टिम तथा खेलाडीहरुलाई प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, नेपाल हक्की संघका जिल्ला अध्यक्ष राजेश गुप्तालगायतले पुरस्कार प्रदान गरेका छन् ।
नेपाल हक्की संघको अयोजनामा गत मंगलबारबाट सुरु भएको प्रतियोगितामा विभागीय टोली नेपाली सेनासहित कर्णाली प्रदेश बाहेक छ वटै प्रदेशका सात टिमबीच उपाधिका लागि प्रतिष्प्रधा भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]