4 years ago
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठ कुङफु शाखा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बूढानीलकण्ठ सर्वाधिक १३ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो । तेश्रो स्थानको आयोजक नेपाल कुङफु संघ, दक्षिणकाली शाखाले तेश्रो स्थानमा चित्त बुझायो । दक्षिणकालीले ५ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल कुङफु संघका अध्यक्ष सीताराम हुमागाईं, आयोजकका अध्यक्ष श्रीकृष्ण मानन्धर र प्रशिक्षक शंकर बलामी, इन्टरनेसनल मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गरेका थिए ।
दक्षिणकाली नगरपालिकाको प्राङ्गणमा भएको एकदिने प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १० खेलाडी सहभागी थिए । सान्डा र थाउलोमा गरी जम्मा ३४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता आयोजना गर्न दक्षिणकाली नगरपालिका र सोही नगरपालिकाको वडा ९ ले सहयोग गरेको आयोजकले जनाएको छ ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]