4 years ago
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघको आयोजनामा एशिया ट्राईयाथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली (शनिबार) पोखराको फेवातालमा हुने भएको छ ।

त्यसका लागि संम्पूर्ण तयारी भएको संघले जनाएको छ । प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजकिस्तान, भारत, बंगलादेश र नेपालगरि ७ राष्ट्रका पुरुषतर्फ ४० र महिलातर्फ २३ गरि ६३ खेलाडीहरुले सहभागिता जनाउनेछन् । प्रतियोगिता पोखराको बसुधरा पार्कस्थित फेवा लेकमा संचालन हुनेछ ।
प्रतियोगिता ७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ कि.मि. दौडको दुरीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणमा उक्त दुरी जापानका माकोतो ओदाकुराले ५४ मिनट ५७ सेकेन्डमा पार गरेका थिए । यस्तै महिला तर्फ भारतकी प्रग्न्या मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भएकी थिईन् ।
निकै अगाडी देखि अस्तित्वमा रहेको ट्राईयाथलन संघ प्राय निस्कृय रुपमा रहेको थियो । नेपालमा ट्राईयाथनको ईतिहासलाई हेर्ने हो भने १९८४ मा पोखरामा बिदेशीहरुले रमाईलोका लागि प्रतियोगिता गरेको देखिन्छ । त्यस यता निस्कृय रहेको खेललाई २०११ मा संघको पुनर्गठन भए पश्चात छोटो समयमा नै यसले फड्को मार्न सफल भई सकेको छ ।
संघको पुनर्गठन पश्चात अन्तराष्ट्रिय स्तरमा पदक प्राप्त गर्नुका साथै नेपालले दक्षिण एशियाली च्याम्पियनसिपको निरन्तर आयोजना गर्र्दै आईरहेको छ । नेपालमा ट्राईयाथलनको विकास र विस्तारलाई नजिकबाट नियाली रहेको अन्तराष्ट्रिय ट्राईयाथलन युनियन हाल बिश्व ट्राइयाथलनले सकारात्मक नेपालले गरेको सकारात्मक परिणामलाई मध्यनजर गर्दै एयिशन कपको जिम्मेवारी प्रदान गरेको हो ।
यस अघि संघले २०७६ बैशाखमा पहिलो संस्करणको एयिशन कप सफलतापूर्वक सम्पन्न गरि सकेको छ । यस्ता प्रकारका प्रतियोगिता तथा च्याम्पियनसिपले खेलकुदको विकास मात्र नभई पर्यटनलाई पनि संग संग अगाडी बढाउन मद्दत पुग्ने बिश्वास गरिएको छ ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]