4 years ago
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा बाग्मती प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन चैत २६ गते चितवनको भरतपुरमा हुने भएको छ ।

प्रतियोगितामा पुरुष÷महिलामा एलिट, मास्टर्स र चितवानवासी गरी विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सबैको दूरी ६० देखि ६५ किलोमिटर हुने छ ।
सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार ५ लाख ९५ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता सह–संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख ७३ हजार ३ सय ३५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता व्यवस्थापन गरेर बचेको रकम क्यान्सर पीडित तथा अशक्त, असहाय र विपन्न नागरिकलाई सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सन्तकुमार दरै, प्रतिष्ठानका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
December 21, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]