default_image

4 years ago

April 2, 2022

एशिया कपको उपाधि जेन्टा र इकातेरिनालाई

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघको आयोजनामा पोखरामा भएको एशिया ट्राईयाथलन कपको उपाधि पुरुषतर्फ जापानका जेन्टा युचिदा र महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिनाले उचालेका छन् ।

७५० मिट पौडी, २० साईक्लिङर ५ किमि दौडको दुरी जेन्टाले ५३ मिनेट १४ सेकेन्ड तथा इकातेरिनाले १ घन्टा ०२ मिनेट २० सेकेन्डमा पुरा गर्दै उपाधि उचालेका हुन् । पुरुषतर्फ जापानकै क्योतारो ओसिकावा दोस्रो र अष्ट्रियाका लिओन पगर तेस्रो भए ।

जापानको टिएनटि टिभि र टिभिएस अपाचेको प्रायोजन रहेको प्रतियोगिताको महिलातर्फ जापानकी हिराकु फुकुओका दोस्रो तथा काजाकिस्तानकी नादेज्दा बेक्मागन बेताभाले १ तेश्रो भईन् । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी, प्रमाण पत्रका साथै नगद ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यस्तै चौथोले ३१५ डलर र पाँचौले २१० डलर प्राप्त गरे ।

आदर्श र प्रग्न्यालाई दक्षिण एशियाली उपाधी

सोही क्रममा भएको दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसिपको उपाधी भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले प्राप्त गरेका छन् । आदर्शले ५९ मिनेट १० सेकेन्डमा दुरी पुरा गर्दै उपाधि जिते । यस्तै पहिलो संस्करणकी बिजेता प्रग्न्याले १ घन्टा ६ मिनेट २२ सेकेन्डमा दुरी पुरा गर्दै उपाधि जितिन् । उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनटले सुधार गरेकी हुन् ।

भारतिय खेलाडीहरुको दवदवा रहेको स्पर्धामा राहुल धनजी सिन्धेले ५९ मिनेट ४२ सेकेन्डका साथ रजत र विश्वनाथ यादवले ५९ मिनेट ४३ सेकेन्डका साथ कास्य पाए । यस्तै महिलातर्फ मानषी मोईतेले १ घन्टा ८ मिनेट १८ सेकेन्डका साथ रजत र संजना जोशीले १ घन्टा १० मिनेट ८ सेकेन्डका साथ कास्य पाईन् ।

राष्ट्रियमा बसन्त र सोनीले जिते

राष्ट्रियतर्फको प्रतिस्पर्धामा सेनाका बसन्त थारु र एपिएफकी सोनी गुरुङले स्वर्ण हात पारे । थारुले १ घन्टा ३ मिनेट २ सेकेन्डमा दुरी पुरा गरे भने सोनीले १ घन्टा ११ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरिन् ।

दोश्रो स्थानमा रहेका दिपेश चौधरीले १ घन्टा ५ मिनेट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका मुकेश थारुले १ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दुरी पुरा गरे । यस्तै महिलातर्फ केशरी थापा मगरले १ घन्टा २१ मिनेट २ सेकेन्डका साथ रजत र सस्तिका भण्डारीले १ घन्टा ३२ मिनेट ११ सेकेन्डका साथ कास्य पाए ।

प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ३७ र महिला तर्फ २० गरि ५७ खेलाडीहरुले सहभागिता जनाएका थिए । बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथक, राखेपका निमित्त सदस्य सचिव कुलबहादुर थापा, सदस्य राजेश गुरुङ्ग, गण्डकी प्रदेश सदस्य सचिव तेज गुरुङ, प्रदेश साँसद एवं संघका उपाध्यक्ष दीपक कोईराला लगायतले पुरस्कार वितरण गरेका थिए ।

December 21, 2025

आर्सनल पुनः शीर्ष स्थानमा उक्लियो

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो । त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो […]

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

Success

Thank you for your time.