4 years ago
April 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुली अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा पहिलो भएका छन् ।

उनले फाइनलमा केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरे । प्रोफेसनलकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौं नेसनल सुकेधाराका प्रवेग घिसिङ, ६० केजीमा गोकर्णेश्वरका कृतन श्रेष्ठले केन्द्रीयका दिनेश जिमी र ५८ केजीमा गोकर्णेश्वरका लाक्पा तामाङले काठमाडौं सुकेधाराका प्रताप घिसिङलाई हराउदै स्वर्ण जिते ।
नेपाल राष्ट्रिय मुवाँथाई संघद्वारा आयोजित प्रतियोगिताको महिला प्रोफेसनलको ६० केजीमा नेपाल एपीएफ क्लबकी विद्या गुरुङले बनेपाकी चन्दा भुजेललाई पाखा लगाउदै पहिलो भइन् ।
फर्पिङमा भएको प्रतियोगिताको एमेच्योरतर्फ महिला ५१ केजीमा स्ट्रोङगेस्ट क्लब, पोखराकी सुरक्षा केसी र ५३ केजीमा जिमखाना मुवाँथाईकी प्राप्ती वतास पहिलो बने । फाइनलमा सुरक्षाले काठमाडौं सुकेधाराकी सन्जाली घिसिङ तथा प्राप्तीले स्ट्रोङगेस्टकी सुष्मा चौधरीलाई पाखा लगाए ।
सेमि प्रो फाइटको पुरुष ५०–५३ केजीमा नेपाल आर्मीका कृष्ण पुन मगरले काठमाडौं सुकेधाराका थोमन मोक्तान तथा ६९–७३ केजीमा आर्मीका पदमसिंह थापाले आर्मीकै प्रकाशकुमार बरुवाललाई पन्छ्याउदै पहिलो भए ।
एमेच्योरतर्फ पुरुष ५३–५५ केजीमा सगरमाथा क्लब, बेलवारीका अरिक राईले केन्द्रीयका योगेन्द्र खड्का, ५६–६० केजीमा वज्रवराही क्लबका सुजन स्याङतानले काठमाडौं सुकेधाराका सविर श्रेष्ठ, ६३–६५ केजीमा स्ट्रोङगेस्टका रोहित कायातले हिमालयन ब्लड दमकका युकेश धिमाल तथा ६७–७० केजीमा स्ट्रोङगेस्टका सन्दिपसिंह गुरुङले काठमाडौं सुकेधाराका छिरिङ फुन्जो शेर्पालाई फाइनलमा निराश पार्दै स्वर्ण जिते ।
विजेतालाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, आयोजक नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगिताको पुरुषमा १० र महिलामा ३ गरी १३ स्पर्धामा ४६ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]