default_image

3 years ago

April 10, 2022

लखनऊमाथि राजस्थानको रोमान्चक जित

88 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

१ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । लखनऊका ओपनर क्विन्टन डि ककले ३२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रनमा आउट भए । मार्कस स्टोइनिस १७ बलमा २ चौका र ४ छक्कासहित ३८ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त भएन । स्टोइनिसले आठौं नम्बरमा ब्याटिङ गरेका थिए ।

लखनऊलाई अन्तिम १२ बलमा जितको लागि ३४ रन आवश्यक थियो । मार्कस स्टोइनिसले प्रसिद्ध कृष्णालाई १९ औं ओभरमा दुई छक्का र १ चौका सहित कुल १९ रन जोडेपछि खेल रोचक बनेको थियो । अन्तिम ६ बलमा जितको लागि १५ रन चाहिँएको थियो । तीव्र गतिका बलर कुलदीप सेनले एक चौका र १ छक्कासहित ११ रन खर्चिदै राजस्थानको जित पक्का गराए ।

पहिलो बल कुलदीप सेनले आवेश खानलाई एक रन दिँदा दोस्रो बल स्टोइनिसलाई डट राखे । तेस्रो र चौथो बल डट भएपछि लखनऊको जितको सम्भावना सकिएको थियो । पाँचौं बलमा चौका र अन्तिम बलमा स्टोइनिसले छक्का प्रहार गरेपनि जितको लागि त्यो पर्याप्त थिएन ।
ओपनर तथा कप्तान लोकेश राहुल तीव्र गतिका बलर टे«न्ट बोल्टको पहिलो ओभरको पहिलो बलमै बोल्ड भए ।

जारी आइपिएलमा राहुल दोस्रो पटक रोयल डक आउट भएका हुन् । बोल्टले कृष्णाप्पा गौथमलाई गोल्डेन डक आउट गरे । लखनऊले सुरुवाती दुई बलमा दुई विकेट गुमाएपछि समस्यामा परेको थियो ।

प्रसिद्ध कृष्णको बलमा जेसन होल्डर ८ रनमा क्याच भए । पहिलो आइपिएल खेल खेलेका तीव्र गतिका बलर कुलदीप सेनले दीपक हुडालाई २५ रनमा बोल्ड आउट गरे । हुडाले १४ बलमा ३ चौका प्रहार गरे । जुन समय लखनऊ ९.१ ओभरमा ५२–४ को अवस्थामा पुग्दै जित कठिन बनाएको थियो ।


आयुया बदोनी ५ र क्रुनाल पान्ड्या २२ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चहलले ४ ओभरमा ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । प्रसिद्ध कृष्ण र कुलदीप सेनले १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । राजस्थानका शिम्रन हेटमायरले ३६ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रनको अविजित इनिङ खेले । हेटमायरले ब्यक्तिगत १४ रनमा जीवनदान पाएका थिए । जुन लखनऊलाई ठूलो भारी पर्यो ।

स्पिनर कृष्णाप्पा गौथमको १४ औं ओभरको दोस्रो बलमा क्रुनाल पान्ड्याले हेटमायरको क्याच ब्यक्तिगत १४ रनमा लङअनमा सहज क्याच ड्रप गरेका थिए । एक समय ६७–४ को कठिन अवस्थामा पुगेको राजस्थानलाई अन्तिम समयमा हेटमायरले विष्फोटक ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका हुन् ।

ओपनर जस बटलर र कप्तान सन्जु स्यामसन १३–१३ रनमा आउट भए । देवदत्त पाडिक्कल २९ बलमा ४ चौकासहित २९ रनमा आउट भए । पाँचौं विकेटका लागि हेटमायर र रविचन्द्रन आश्विनले ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

आश्विन २३ बलमा २ छक्कासहित २८ रनमा आउट भए । रियान पराग ८ र रास्सी भान डर डुसेन ४ रनमा आउट भए । जेसन होल्डरले ४ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । कृष्णाप्पा गौथमले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । आवेश खानको नाममा १ विकेट रह्यो ।

राजस्थान ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ । राजस्थानले अव बिहीबार गुजराट टाइटन्ससँग खेल्नेछ । लखनऊले शनिबार मुम्बई इन्डियनसँग खेल्नेछ ।

अंक तालिका

राजस्थान रोयल्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ । कोलकाता नाइट राइडर्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । गुजरात ३ खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ । जारी आइपिएलमा गुजरात अपराजित एक्लो टोली हो । बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । लखनऊ ५ खेलमा ३ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ ।

दिल्ली ४ खेलमा २ मा जित र २ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ३ खेलमा १ मा जित र २ मा हार सहित आठौं स्थानमा छन् । समान ४ खेल जित विहीन मुम्बई नवौं र चेन्नई पुछारमा छन् ।

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.