4 years ago
April 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युथ फिट्नेस तथा केलिस्थेनिक्सको आयोजनामा चौथो राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता बैशाख ३ गते हुने भएको छ ।

प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष सुकदेव कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बार वार्कआउट र सर्किट वार्कआउट गरी दुई समूहमा खेल हुने छ ।
बारमा ४ र सर्किटमा ६ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने छ । सबै १० स्पर्धामा गरेको प्रदर्शनका आधारमा ओभरअल च्याम्पियन घोषणा गरिने छ ।
ओभरअल च्याम्पियनलाई ‘फिटेस्ट एथलिट’ को उपाधिसंगै ५१ हजार नगद पुरस्कार प्रदान गरिने छ । हरेक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् ।
पुरुषमा १ सय ८६ तथा महिलामा २९ खेलाडी सहभागी हुने छन् । महिलाले सर्किट वार्कआउटमा मात्र भाग लिने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पिलान्टोको साझेदारीमा हुने लागेको प्रतियोगिताका खेल सानोगौचरणमा हुने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]