4 years ago
April 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बीक्लब र बडिमालिका रग्बी क्लबले चितवनको भरतपुरमा सम्पन्न भएको यु–२० राष्ट्रिय रग्वी प्रतियोगिताको उपाधि जितेका छन् । गोर्खाली पुरुषतर्फ तथा बडिमालिका महिलातर्फ च्याम्पियन बनेको हो ।

पुरुषतर्फको गोर्खाली रग्बीेले अपराजित यात्रा कायम राख्दै फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५–३ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । महिलातर्फ बडिमालिकाले हिमालयन रग्बी क्लबलाई १०–० को फराकिलो अन्तरले जित हासिल गर्दै प्रथम हुन सफल भयो । पुरुषतर्फ गोर्खाली रग्बि क्लबका रोहन डंगोल र महिलातर्फ बडिमालिका रग्बि क्लबका अर्पना थापा उत्कृष्ट हुन सफल भए ।
नेपाल रग्बि संघ र चितवन जिल्ला रग्बि संघको सहकार्यमा चितवन भरतपुरमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ गोर्खाली रग्बी क्लब काठमाडौं, चितवन रग्बी क्लव र बडिमालिका रग्बि क्लब धनगढी, मकवानपुर रग्बी क्लब र हिमालयन रग्बी क्लबको सहभागिता रहेको थियो ।
महिलातर्फको मकवानपुर, नेपाल वेमेन्स, बडिमालिका, हिमालयन चितवन वरियर्स क्लबको सहभागिता थियो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद बिकास परिसदका सदस्य सचिब सुर्यलाल भण्डारीले तथा समापन नेपाल रग्बि संघका कार्यवाहक अध्यक्ष दिपक देबकोटाले गरेका थिए ।
एक दिने प्रतियोगितामा रेफ्री प्रेम बहादुर कोइराला, श्रीराम श्रेष्ठ, सुजिना गुरुङ, बिराट शेष्ठ र टंकराज गिरी म्याच कमिसनर रहेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]