4 years ago
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गरेकी छिन् । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन् ।

उनले बुटवलमा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उपाधी हात पारे बापत प्राप्त रकमको आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश महर्जनले जानकारी गराए । नेपाली सेनाबाट खेल्दै आएका कञ्चनपुरका विवेक चौधरीको मुटुमा समस्या आएपछि अप्रेसन गर्नुपर्ने अवस्थामा रहेको समेत राजेश महर्जनले जानकारी गराए ।
बुटवलमा सम्पन्न प्रतियोगितामा एपिएफकी जेशिका गुरुङलाई १६–२१, २१–१९ र २१–१८ ले पराजित गर्दै रशिलाले महिला एकलको उपाधी जितेकी हुन् । उनले नगद ३० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी थिईन् ।
पुरुष एकलतर्फ बञ्जारा एग्रोका प्रिन्स दाहालले सेनाका प्रफुल महर्जन माथि २१–१०, १८–२१ र २१–१२ ले पराजित गर्दै उपाधी जिते । उनले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाण प्राप्त गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]