4 years ago
April 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मिस युनिभर्स च्याम्पियनसिप तथा फिट्नेस फेस्टिभलको शारीरिक सुगठनतर्फ पुरुष ७० केजीमा मरिचमान लामा छैटौं भएका छन् ।

अप्रिल १५ देखि १७ तारिखसम्म भारतको पुनेमा भएको प्रतियोगितामा ४४ प्रतिस्पर्धी मध्ये मरिच छैटौं भएको नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसका महासचिव अजयकुमार वज्राचार्यले जनाएका छन् । प्रतियोगितामा मरिचसहित २ खेलाडी नेपालबाट सहभागी भएका थिए ।
अर्का खेलाडी देवराज पराजुली पुरुष फिजिक्स १ सय ७१ सेन्टीमिटरमा ५९ सहभागी मध्ये १० औं भए । नेप्लिज फेडरेसन अफ बडीबिल्डिङ तथा फिट्नेसका अध्यक्ष शिवलाल श्रेष्ठ र सदस्य रेणुका श्रेष्ठ पनि प्रतियोगितामा सहभागी थिए । टोलीले सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ भेट गर्दै खेलाडीको प्रदर्शनलगायतका विषयमा जानकारी गराए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]