4 years ago
April 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला खेलकुद विकास समितिले मार्सल आर्ट्सका पूर्वखेलाडी समेत रहेका व्यवसायी केदारनाथ शर्मालाई सम्मान गरेको छ ।

कलंकीमा शुक्रबार आयोजित आठौं इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिपको उद्घाटनका अवसरमा समितिले पूर्वखेलाडी शर्मालाई सम्मान गरेको हो ।
स्वदेशमै उद्यमशीलताको विकास खेलक्षेत्रमा लागेका युवालाई विशेष प्राथमिकतामा राखी सयौं खेलाडीलाई रोजगारीको अवसर प्रदान गरी समग्र खेलाडी र खेलक्षेत्रको विकासमा योगदान पु¥याएकाले सम्मान गरिएको काठमाडौं जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
उनी शिखर अर्गनाइजेसनका प्रमुख हुन् । उक्त संस्थामा शर्माले नेपालका दुई सयभन्दा बढी खेलाडीलाई रोजगारीको अवसर दिएका छन् । उनको सोही योगदानको कदर गर्दै समितिले सम्मान गरेको हो । बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले शर्मालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
सो अवसरमा समितिका अध्यक्ष कक्षपतिले निजी क्षेत्रको सहयोगबाट नै नेपाली खेलकुदको विकास सम्भव हुने उल्लेख गरे । प्रतियोगिताअन्तर्गत खुलामा नेपालका रमित महर्जनले भारतका लक्षित, नेपालका गुणराज रुचालले भारतका अशोक कुमार, नेपालीकी विद्या गुरुङले भारतकी फुटुर्सी तथा नेपालका सञ्जय राईले भारतका फेरिक स्टारलाई पराजित गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]