default_image

4 years ago

May 4, 2022

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

एनएसजेएफको बुधबार भएको १७औं वार्षिकबाट सुवेदी आगामी तीन वर्षका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । निर्वाचनमा सुवेदीले ५९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी प्रकाश तिमल्सिनाले ३३ मत प्राप्त गरे ।

यस्तै प्रथम उपाध्यक्षमा निरन्जन अधिकारी, उपाध्यक्षमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अन्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

खुला सदस्यमा अनिल मल्ल ठकुरी, निशान राई र कुशल तिमल्सिना निर्वाचित भए । अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गरे । सदस्यका अर्का प्रत्यासी सन्जिव शाहले २८ मत पाए । महिला सदस्यमा मुना कार्की निर्वाचित भईन । महिला सदस्यमा विजयी मुनाले ६२ मत प्राप्त गरिन् । अर्का प्रत्यासित लक्ष्मी जिसीले ३१ मत प्राप्त गरिन् ।

मञ्चका कुल सदस्य १०० जना रहेकामा नेपालमा उपलब्ध भएका ९८ सदस्य मध्येबाट ९४ मत खसेको थियो । निर्वाचित पदाधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास कार्कीले प्रमाणपत्र प्रदान गरे । अध्यक्षमा निर्वाचित सुवेदीले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका काम अबको कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.