4 years ago
May 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणकी स्वर्णधारी भारोत्तोलनकी स्व. सन्जु चौधरीको १३ औं दिनको पुण्य तिथिमा आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा श्रद्धाञ्जली सभा आयोजना गरियो ।

सागको भारोत्तोलनमा नेपाललाई स्वर्ण दिलाउने स्व. सन्जु एक मात्र नेपाली महिला खेलाडी हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षणलगायतले स्व. सन्जुको तस्वीरमा फूलमाला, अविर र पुष्प गुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो । बाँके निवासी सन्जुको गत बैशाख २७ गते २२ वर्षको अल्पायु उमेरमा निधन भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]