default_image

4 years ago

May 22, 2022

बक्सिङ टोली फर्कियो

320 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको ईस्तानबुलमा भएको आईबा वल्र्ड बक्सिङ्ख च्यािम्पयनशिपमा प्रतिस्पर्धापछि सात सदस्यीय टोली नेपाल फर्केको छ ।

७३ देशका ३१० महिला खेलाडीहरुको सहभागिता रहेको उक्त नेपाली टोलीमा ४८ केजी तौल समुहमा सुस्मा तामाङले मंगोलियन खेलाडीलाई बलियो चुनौती पेश गरेपनि अघिल्लो चरण प्रवेश गर्न सकेनन् ।

५२ केजी तौल समूहमा १३औ सागका स्वर्णपदक विजेता मिनु गुरुंङ, ५७ केजी तौल समुहमा चन्द्रकला थापा र ६० किलो तौल समूहमा पुनम रावलले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, सहायक प्रशिक्षक आईबा थ्री स्टार कोच दीपक महर्जन र टिम व्यवस्थापक पुष्करराज पन्त रहेका थिए ।

टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी, बागमती प्रदेश बोर्ड सदस्य एवं आईवा वान स्टार रेफ्री धनकुमार मैनाली, साग स्वर्ण पदक विजेता एवम् आईवा वान स्टार रेफ्री रामचन्द्र थापा मगरलगायतले स्वागत गरेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.