default_image

4 years ago

May 22, 2022

भलिबल दिवसमा विविध कार्यक्रम

437 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जेठ ८ अर्थात भलिबल दिवस आज देशैभर विविध कार्यक्रम गरि मनाइएको छ । सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि सोही दिनलाई भलिबल दिवसको रुपमा देशैभर मनाउँदै आइरहेको छ ।

तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले मन्त्रीपरिषदबाट २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।

नेपाल भलिबल संघले कुनै औपचारिक कार्यक्रमको जानकारी नगराएपनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले नेपाल खेलकुद पत्रकार मञ्च र पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष टोलीबीच मैत्रीपुर्ण खेल खेलाएको थियो ।

यस्तै महिला भलिबलमा छुट्टै पहिचान बनाउन सफल न्यु डायमन्ड स्पोर्ट्स क्लबले क्लबकै प्रांगणमा आफ्नो टोली र एनभिए लिग च्याम्पियन त्रिभुवन आर्मी क्लबसँग मैत्रीपूर्ण खेलको आयोजना र अन्तरक्रिया कार्यक्रमको आयोजना भलिबल दिवस मनाएको छ ।

भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको सरकारले राष्ट्रिय खेलकुद विधेयकमै यसलाई समावेश गरेको छ । भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबलको लोकप्रियता पछिल्लो समयमा कुनै कमी आएको छैन ।

राष्ट्रिय खेल भलिबलको प्रतियोगिता आयोजनाको बाढी रहँदा संघले त्यसलाई व्यवस्थित गर्न सकिरहेको छैन । संघको आफ्नै कभर्डहल नरहेपनि संघले कभर्डहल बनाउन पहल गरिरहेको छ । तर त्यसले सार्थकता पाउन सकेको छैन । भलिबल राष्ट्रिय खेल घोषणा भएसँगै नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सफलता हात पारेको छ ।

महिला टोलीले लगातार दोस्रो पटक सेन्ट्रल जोनको च्याम्पियन बन्दा दक्षिण एसियाली खेलकुद (साग) पनि ऐतिहासिक रजतपदक जितेको छ । पुरुष टोलीले भलिबल राष्ट्रिय खेल घोषणा हुनुअघि सेन्ट्रल जोनमै ऐतिहासिक कास्यपदक भित्र्याएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.