default_image

4 years ago

May 26, 2022

टिम रेड र मनास्लु च्याम्पियन

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । टिम रेड ब्वाइज तथा मनास्लु गल्र्समा पहिलो भएका हुन् ।

ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित ग¥यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा मनास्लुले नयाँ बजारस्थित घरेलु कोर्टमा आईएसलाई १६–१० ले हरायो । विजेताकी विनामणि योञ्जनले ७ स्कोर गरिन् ।

ब्वाइज र गल्र्समा पहिलो हुनेले १० हजार र दोश्रोले ७ हजार नगद पुरस्कार हात पारे । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोबन र विनामणि ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, मनास्लुका कार्यकारी निर्देशक जेबी दवाडी, मनास्लुकी प्रिन्सिपल सुचिता शाक्य, मनास्लुका अत्तिरिक्त क्रियाकलाप प्रमुख अमृत अधिकारी, रामेछाप जिल्ला बास्केटबल क्लबका अध्यक्ष सुनिल योञ्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ३५ र गल्र्समा ५ टिम सहभागी थिए ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.