default_image

4 years ago

May 26, 2022

टिम रेड र मनास्लु च्याम्पियन

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । टिम रेड ब्वाइज तथा मनास्लु गल्र्समा पहिलो भएका हुन् ।

ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित ग¥यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा मनास्लुले नयाँ बजारस्थित घरेलु कोर्टमा आईएसलाई १६–१० ले हरायो । विजेताकी विनामणि योञ्जनले ७ स्कोर गरिन् ।

ब्वाइज र गल्र्समा पहिलो हुनेले १० हजार र दोश्रोले ७ हजार नगद पुरस्कार हात पारे । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोबन र विनामणि ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, मनास्लुका कार्यकारी निर्देशक जेबी दवाडी, मनास्लुकी प्रिन्सिपल सुचिता शाक्य, मनास्लुका अत्तिरिक्त क्रियाकलाप प्रमुख अमृत अधिकारी, रामेछाप जिल्ला बास्केटबल क्लबका अध्यक्ष सुनिल योञ्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ३५ र गल्र्समा ५ टिम सहभागी थिए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.