default_image

4 years ago

May 26, 2022

सगरमाथा अन्तर्राष्ट्रिय करातेको तयारी पुरा

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २३औं बार्षिकोत्सवको अवसरमा हुने आठौं सगरमाथा अन्तर्राष्ट्रय कराते प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ ।

नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोगमा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने छ ।

प्रतियोगितामा पुरुषतर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा २५,३०, ३३, ३५, ४० र ४५ र पुरुषकै सिनियर तर्फ ५०, ५५, ६०, ६७ ७५, ८४ र ८४ केजीमथिसँगै एकल काता र महिलातर्फ जुनियर तथा क्याडेट २५, ३०, ३३, ३५, ४०, र ४५ केजी तथा महिलाकै सिनियरतर्फ ५०, ५५, ६१, ६७ केज मुनि र ६८ केजीमाथि गरी कुल २६ स्वर्णका निम्तिप्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपांगी ‘ईश्वर’ ले जानकारी गराए ।

तीन दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु काठमाडौं त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.