4 years ago
May 26, 2022
लमजुङ (हाम्रो खेलकुद) – लमजुङ सदरमुकाम बेसीसहरमा पालिका वडास्तरिय फुटसल प्रतियोगिता हुने भएको छ। लमजुङ फुटसलले पहिलोपटक वडास्तरिय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

दुई दिने प्रतियोगिता २१ र २२ जेठमा हुनेछ । विजेताले ७० हजार रुपैया पाउने छ । यसैगरी दोस्रो हुनेले ३० हजार रुपैया र सर्वोत्कृष्ट खेलाडीलाई २५ सय रुपैया नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । छ । प्रतियोगितामा सहभागि हुन चाहनेले जेठ २० गतेसम्म टिम दर्ता गराउनुपर्नेछ । दर्ता शुल्क ८ हजार रुपैया रहेको छ ।
प्रतियोगितामा एउटै वडाबाट ३ टिम सहभागि भएमा एक टिमले निशुल्क खेल्न पाउनेछ । एक वडाका खेलाडी अर्को वडाबाट खेल्न पाईने छैन । खेलाडीको पहिचान नागरिता र भोटर कार्डबाट पहिचान गरिने आयोजक लमजुङ फुटसलले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]