4 years ago
May 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सुमन भोलनले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम् श्रेष्ठलाई पराजित गरे । भारतका हरि राम र चैतन्य शर्माले तेश्रो स्थानमा चित्त बुझाए ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रतियोगिताको पहिलो संस्करण पनि आफैले उद्घाटन गरेको स्मरण गरे । उनले खेल क्षेत्र मानविय, सामाजिक र राजनैतिक जीवनमा अत्यन्तै महत्वपूर्ण भएको भन्दै जुनसुकै राष्ट्रको विकासको मापन गर्ने मापदण्ड खेलकुद भएको बताए ।
पूर्व प्रधानमन्बी दाहालले कुनै देशको आर्थिक क्षेत्रको विकासको माध्यम पनि खेल क्षेत्र नै भएको बताउदै राष्ट्रिय एकता तथा अन्तराष्ट्रिय भाईचाराको निर्माण गर्ने माध्यम पनि खेल क्षेत्र भएको धारणा व्यक्त गरे ।
उनले खेलकुद क्षेत्रको विकासका लागि उर्जासिल तथा खेल क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरुलाई रोज्ने गरेको र त्यसबाट खेलकुदको समग्र विकास गर्दै यसैको माध्यमले आर्थिक र सम्बृद्ध राष्ट्र बनाउनेमा आफु बिश्वस्त रहेको बताए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ३६५ दिननै राष्ट्रिय टिम तयारी सञ्चालन गर्ने योजना परिषद्ले बनाएको बताउदै कराते खेलले राष्ट्रको नामलाई उच्च राख्दै आएको बताए । उनले १७ औं एसियाली खेलकुदमा करातेबाट विमला तामाङले राखेको ईतिहासलाई करातेले पुनः कायम गर्ने गरी सम्बन्धित निकायले वातावरण श्रृजना गर्नु पर्नेमा जोड दिए ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र भुटान गरी ४ राष्ट्रको सहभागिता रहेको आयोजक डोजोका प्रमुख गजेन्द्रबहादुर खपाङ्गीले जनाएका छन् । विभिन्न २७ स्पर्धामा १ हजार खेलाडी सहभागी भएको बताइएको छ । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]